मिति २०८०/०३/०९ गते पर्यटन मन्त्री सुदन किराती राई ज्युको पहलमा भएको सरसफाई कार्यक्रम अन्तर्गत किरातहरुको प्रवित्र धार्मिक स्थल सातदोबाटो हात्तिवनमा हिमचुली सर्भिसेज प्रा.लि.बाट पनि ३० जना सहभागीले सहभागिता जनाई सरसफाई गर्ने कार्य गरि कार्यक्रमलाई सफल पार्न उच्च भुमिका निर्वाह गरे । हिमचुली सर्भिसेज प्रा.लि.का अध्यक्ष श्री मकर ध्वज राई ज्युले यस्ता सामाजिक कार्यहरुमा सहभागी हुन पाउँदा उहाँ लगायत उहाँको सहपाठीहरुलाई खुसी एवं गर्व लागेको बताउनु भयो । साथै आउने दिनहरुमा पनि यस्ता समाजिक कार्यहरुमा सहभागी हुने प्रतिबद्धता समेत गर्नु भयो ।उक्त कार्यक्रमा कलाकारहरु दयाहाङ राई,बुद्धि तामाङ,पल शाह लगायत विभिन्न पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।