अमेरिकाका धेरै बैंकले ऋणपत्रमा ठूलो लगानी गरेका छन्, बन्ड मार्केटबाट नोक्सानी व्यहोरिरहेका बेला पैसा फिर्ता माग्दैनिक्षेपकर्ताको भीड आएपछि संस्थाहरू संकटमा दुई अमेरिकी बैंक धराशायी हुनुको घटना तरलता स्थिति बलियो नभएमा जुनसुकै अवस्थामा संकटमा पर्न सकिने संसारभरका बैंक तथा वित्तीय संस्थालाई पाठ हो ।
काठमाडौँ — कुनै पनि बैंकका सेवाग्राही धमाधम आफ्नो पैसा झिक्न भीड लाग्न थाले भने के होला ? ताजा उदाहरण छन् दुई दिनको अवधिमा बन्द भएका अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर । बैंकिङ तरलता व्यवस्थापन प्रणाली फितलो बनिरहेका बेला एकैपटक ठूलो संख्यामा निक्षेपकर्ताहरू पैसा झिक्न लाइन लागेपछि यस्तो अवस्था आएको हो ।
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नोक्सान व्यहोरेरै ठूलो संख्यामा बन्ड बिक्री गर्नुपरेकाले दुवै बैंक संकटमा परे । बैंकले निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि अमेरिकाको निक्षेप सुरक्षण निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले गत शुक्रबार सिलिकन भ्याली र आइतबार सिग्नेचर बैंक बन्द भएको घोषणा गरेको हो ।

यी बैंक लामो समयदेखिको समस्यामा वा ऋण असुलीमा व्यवधान भएकाले यो अवस्थामा पुगेका भने होइनन् । उच्च ब्याजदर वृद्धिका कारण बन्ड (ऋणपत्र) को मूल्य निकै तल झरेको अवस्थामा एकैपटक ठूलो निक्षेप फिर्ता गर्नुपर्दा समस्यामा परेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् १९८३ मा स्थापना भएको सिलिकन भ्याली चार दशक पुरानो अमेरिकाको १६ औं ठूलो बैंक हो । क्यालिफोर्नियामा मुख्यालय रहेको यो बैंक टाट पल्टिने अवस्थामा पुगेकाले बन्द गर्नुपरेको नियामक निकाय एफडीआईसीको भनाइ छ । बैंक बन्दका पछिल्ला घटनालाई सन् २००८ को मन्दीपछिकै अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिङ्टन म्युचअल टाट पल्टिएको घटनापछिको यो सबैभन्दा ठूलो संकट भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मुद्रास्फीति अकासिएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले निरन्तर ब्याजदर बढाइरहेको छ । करिब डेढ वर्षअघि ०.२ प्रतिशत हाराहारीमा रहेको त्यहाँको ब्याजदर निरन्तर बढिरहँदा अहिले ४.७५ प्रतिशत पुगिसकेको छ । झन्डै चार दशकयताकै उच्च मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै केन्द्रीय बैंकले निरन्तर ब्याजदर वृद्धिको निर्णय गरेपछि यहाँको ‘बन्ड मार्केट’ हालसम्मकै न्यून बिन्दुमा ओर्लेको छ । ऋणपत्रमा अमेरिकाका धेरै बैंकले ठूलो लगानी गरेका छन् । बन्ड मार्केटबाट नोक्सानी व्यहोरिरहेका बेला सिलिकन बैंकमा एक्कासि निक्षेपकर्ताले आफ्नो पैसा फिर्ता माग्दै आए, त्यसले संस्थामा संकट आएको हो । निक्षेपकर्ताको निक्षेप फिर्ता गर्नकै लागि सिलिकनले ठूलो नोक्सान व्यहोरेर न्यून मूल्यमा बन्ड बिक्री गरेको छ ।

बन्ड मार्केटमा आएको गिरावटकै कारण सिलिकन भ्याली बैंकले आफ्नो पोर्टफोलियोमा करिब २ अर्ब अमेरिकी डलर घाटा खाएर बन्ड बिक्री गरेको छ । यो घटनाले एकै दिन सिलिकन बैंकको सेयर मूल्यमा ७० प्रतिशतसम्मले गिरावट आएको थियो । घाटा पूर्तिका लागि यो बैंकले गत बुधबारमात्र ठूलो हिस्सामा बन्ड (सेयर) बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला सेयरधनी, बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । यही नोक्सानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा सिलिकन बैंकमा संकट आएको हो ।

छोटो समयमा बैंक समस्यामा पर्नुको पछि अल्पकालीन अवधिको निक्षेप धेरै हुनु र तरलता अवस्था नाजुक हुनुलाई प्रमुख कारकका रूपमा हेरिएको छ । सिलिकन भ्याली बैंकले मुख्य गरेर प्रविधि, व्यवसायी, भेन्चर क्यापिटलिस्ट र रियल इस्टेटमा लगानी गरेको छ । तीमध्ये पनि ठूलो लगानी प्रविधि क्षेत्रमा थियो । गत डिसेम्बर ३१ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबर थियो । एफडीआईसीका अनुसार क्यालिफोर्निया र म्यासाचुसेट्समा गरी बैंकका १७ शाखा र विश्वका विभिन्न देशमा गरी करिब ८ हजार ५ सय कर्मचारी छन् ।

यस्तै, अमेरिकाको अर्को वित्तीय संस्था सिग्नेचर बैंक पनि बन्द भएको छ । त्यहाँको नियामक निकायहरूले आइतबार साँझ विज्ञप्ति निकालेर उक्त बैंक बन्द भएको घोषणा गरेका हुन् । अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले संयुक्त विज्ञप्ति जारी गर्दै सम्भावित बैंकिङ संकट रोक्नका लागि न्युयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको जानकारी दिएका हुन् । यो बैंक बन्द भएसँगै अमेरिकामा फेरि ठूलो बैंकिङ असफलता देखिएको विज्ञप्तिमा उल्लेख छ ।

source: ekantipur

winrar crack

Photoshop Crackeado Gratis

Download Snaptube APK